यातायात कार्यालय सवारी वीरगंजका लेखा अधिकृत यादवले भ्रष्टाचार गर्दै दादागिरी देखाउदै

यातायात कार्यालय सवारी वीरगंजका लेखा अधिकृत यादवले भ्रष्टाचार गर्दै दादागिरी देखाउदै

  • बिहिबार, पुस १४, २०७९
  • -दिपक चौरसिया

  • 4.8K
    SHARES

वीरगंज १४ पुस । यातायात व्यवस्था कार्यालय सवारी वीरगंजका लेखा अधिकृत उपेन्द्र यादवले भ्रष्टाचारको कमाईले अकुत सम्पति कमाए पनि उनी सन्तुष्ट नभई सो धन्दालाई अझ पनि तिब्रता दिदै आएका छन् ।

सो कार्यालयमा जाने सेवाग्रहीहरुले आफ्नो सवारीको लाग्ने कर बैंकमा बुझाई लेखा शाखामा नगदी रसिद लिन जांदा सो फांटका कर्मचारीहरुले अनावश्यक झमेला झिक्दै घुसको रकम नलिई रसिद नकाटने गरेको भुक्तभोगीहरुले यस अनलाईनलाई बताएका छन् ।

सो फांटमा करिब आधा दर्जन बेतल्बी कर्मचारीहरु घुसको रकम लिनैको लागि राखिएको बताईन्छ । कैयौं कर्मचारीलाई देखावटी रुपमा करारको कर्मचारी अधिकृत यादवले नियुक्त गराई राखेको बताईन्छ । दिनहुं करिब एक हजार रसिद कटने सो लेखा शाखामा सेवाग्रहीहरुले बाध्यतावश बैंकको भौचरमा ५० वा १०० को नोट बेरेर दिएपछि मात्र नगदी रसिद पाउने गरेको दुःखेसो पोखेका छन् ।

यसका अलावा कार्यालय सञ्चालनको लागि आएको बजेटमा पनि चरम भ्रष्टाचार गर्दै आएका अधिकृत यादव करिब तीन वर्ष देखि सो कार्यालयमा अडा जमाई बसेका छन् । उनको सरुवा पटक–पटक भए तापनि शक्ति केन्द्रको आडमा मोटो रकम खर्च गरी रवाना नबुझी कार्यालय प्रमुख उमेश कुमार रेगमीलाई रिझाई बस्दै आएको बताईन्छ ।

उनको भ्रष्टाचार कार्य धन्दामा कार्यालय प्रमुख रेगमीको आर्शिवाद रहेकोले उनी आफुलाई “दादा” ठान्दै भ्रष्टाचारको गतिलाई तिब्रता दिएको बताईन्छ । अधिकृत यादवले पर्सागढी नगरपालिकामा कार्यरत्त रहदां त्यहांबाट पनि मोटै रकम भ्रष्टाचार गर्दा कार्यालय भित्र झगडा पनि परेको बताईन्छ । भ्रष्टाचार गर्नमा सिपालु मानिएका अधिकृत यादव वीरगंजको भिस्वामा आलिशान महल ठडयाउनुको साथै कैयौं ठाउंमा करोडौंको घरेडीहरु किन्न सफल भएको बताईन्छ ।

अधिकृत यादव माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धीकरण अनुसन्धान विभाग जस्ता नियमनकारी निकायले छानबिन गरी कारवाही अगाडि नबढाउदां उनी अझ फराकिलो मुटुका साथ “दिन दुगुना रात चौगुुना” भ्रष्टाचार कार्यमा व्यस्त रहेको जानकार हरु बताउन थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी