एजेन्सी पुष १३ । जी ७ देश र अष्ट्रेलियाले रुसी तेलको मुल्य ६० डलर प्रतिव्यारेलको सीमा तोकेपछि आक्रोशित रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले मुल्यको सीमा तोक्ने देशहरुलाई आगामी फेब्रुअरी महिनाबाट तेल निर्यात नगर्ने घोषणा गरिदिएका छन् ।
यसले खास गरी युरोपमा हाहाकार मच्चिने खतरा बढेको छ । युरोपको सबै भन्दा ठूलो तेलको स्रोत रुस रहेको छ ।
यो निर्यात प्रतिवन्ध पाँच महिना सम्म कायम राख्ने पुटिनले फैसला गरेका छन् ।
रुसको यो फैसलापछि चिन्तित नेटो देशहरु भित्र दरार आउने संभावना बढेको छ । जर्मनी, चेक रिपव्लिक, स्लोभाकिया र पोल्याण्डले रुसले दिने छुट सहित तेल खरीद गर्न निवेदन दिएका छन् ।
बेलायत सहित अन्य देशले भने त्यस्तो आवेदन दिएका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline