बिरगंज ७ पुस । पर्सा जिल्लाको सबै भन्दा चर्चित तस्करी नाका भिस्वामा बुधबार जिल्ला अनुगमन टोलीले छापामारी गर्दा अवैध रुपमा ल्याईएको भारतीय चामल बरामद गरेको छ ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर र वीरगन्ज भन्सार कार्यालयको सयुँक्त टोलीले भिस्वा बजारमा छापामा मारेर ३ सय ११ बोरा भारतीय चामल बरामद गरेको छ ।
भिस्वा बजारको बिस्मिल्लाहा मियाँ तेलीको घरमा गोदाम भाडामा लिएर तस्करहरु भण्डारण गरेर राखेको २० किलो अदत भएको बासमती चामल बरामद गरिएको भंसार अधिकृत खगेन्द्र साहले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक संतोष बस्नेतका अनुसार भिस्वा बजारमा भण्डारण गरि राखिएको सूचनाको आधारमा छापामारी गरि उक्त परिमाणको चामल बरामद गरिएएको हो ।
भिस्वा बजारस्थित बिस्मिल्लाहा मियाँ तेलीको घरमा गोदाम भाडामा लिएर भण्डारण गरिएको थियो । बरामद गरिएको चामल आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएका सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक संतोष बस्नेतका बताए ।