एजेन्सी पुष ५ । रुसले युक्रेनबाट प्रहार भएको चार वटा अमेरीकी क्षेप्यास्त्र खसालिएको जनाएको छ । युक्रेनी सीमा क्षेत्रमा रहेको बेलगोरोड शहरमा अमेरीकी क्षेप्यास्त्र एयर डिफेन्स सिस्टमले नियन्त्रणमा लिएर खसालेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
१० महिनादेखि जारी युद्धमा पछिल्लो समय रुसी भुभागमा युक्रेनले पश्चिमा देशबाट उपलव्ध क्षेप्यास्त्र र ड्रोन मार्फत रुसी भुभागमा समेत हमला गर्न थालेको छ ।
हाल युक्रेनलाई सबै भन्दा धेरै हतियार र पैसा अमेरीकाले उपलव्ध गराँउदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline