ट्रफी चुमे, स्टेजमा नाचे अनि मेसीले भने म राष्ट्रिय टोलीबाट अहिल्यै विदा लिन्न

ट्रफी चुमे, स्टेजमा नाचे अनि मेसीले भने म राष्ट्रिय टोलीबाट अहिल्यै विदा लिन्न

  • सोमवार, पुस ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी पुष ४ । आईतबार राति कतारको लुसेल रंगशालामा स्टेडियम भित्र बाहिर गरी लाखौँ दर्शक सामु भईरहेको विश्वकपको फाईनल सनसनीपूर्ण थियो । मेसीले यस अघि नै यो मेरो अन्तिम विश्वकप भएको र ट्रफी जितेर सुखदः विदाईको अपेक्षा जाहेर गरिसकेका थिए ।

निर्धारित समयको २० र ३६ औँ मिनेटमा मेसी र डि मारियाले गोल गर्दै अजेन्टिनालाई दुई शुन्यको अग्रता दिलाएपछि संसारभरीबाट हेरिरहेका दर्शक समर्थकहरुले अब अर्जेन्टिनाले विश्वकप जित्छ र मेसीले गोल्डेन बुट पाँउछन् भनेर निश्चित भईसकेका थिए ।

तर खेलमा फ्रान्सका युवा स्टार एम्बापेले खेललाई नयाँ मोड दिए । ८० मिनेटमा पेनाल्टी र त्यसको एक मिनेटमै व्यक्तिगत गोल गर्दै एम्बापेले खेल बराबरीमा पुर्याए । त्यसपछि अर्जेन्टिनी खेलाडी केही निराश बने भने समर्थकमा छटपटि शुरु भएको थियो ।

खेल अतिरिक्त समयमा धकेलिए पछि फेरी मेसीले १०८ औँ मिनेटमा गोल गरेर अर्जेन्टिनालाई जित तर्फ डोर्याए । तर अतिरिक्त समयको अन्त्यतिर पुनः एम्बापेले पेनाल्टीमा गोल गर्ने अवसर पाए र खेल पेनाल्टी सुट आउटमा पुग्यो ।

एम्बापेको यो गोलसँगै मेसीको नाममा पुग्न लागेको गोल्डेन बुट एम्बापेको नाममा पुग्यो ।
मेसीले भने गोल्डेन बलमा चित्त बुझाए । यही पेनाल्टी सुट आउटमा अर्जेन्टिनाका किपर फर्नान्डेजले फ्रान्सको एक गोल रोके भने अर्को गोल बाहिरियो । अर्जेन्टिनाका मेसी सहित चारै जनाको प्रहार गोलमा परिणत भयो ।

त्यसपछि मैदानमा दौडिएका मेसी सहितको टिमले ट्रफी चुमे, नाचे । अन्त्यमा मेसीले अहिल्यै राष्ट्रिय टोलीबाट विदा नलिने बताए । उनले भगवानले यस पटक मेरो हातमा ट्रफी राखिदिन्छन् भन्ने कल्पना गरेको थिँए त्यो पूरा भयो, मेसीले भने ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ