पुष ३ एजेन्सी । अर्जेन्टीनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेसी अब फुटवल समर्थकका हिशाबले अर्जेन्टिनाका मात्र लोकप्रिय खेलाडी हैनन् । उनका समर्थक संसारै भरी अर्जेन्टिनाको राष्ट्रिय जर्सी र मेसीको नम्बर १० पहिहिएर यो विश्वकपमा पनि उत्साह जनाईरहेका छन् ।
त्यसमा पनि मेसीको जादुमयी प्रदर्शनले समर्थकहरु यस पटक मेसीले उपाधी जिताउनेमा विस्वस्त देखिन्छन् ।
मेसीले आज एउटै खेलाडीले २६ पटक खेल्ने पहिलो खेलाडी बन्दैछन् । उनले अर्जेन्टिनाको तर्फबाट सबै भन्दा धेरै खेल खेलिसकेका छन् ।
मेसीले नै भनिसकेका छन् , मे मेरो अन्तिम खेल हुनेछ । त्यसमा विश्वकपको उपाधी जिताउन सके उनको खेल जीवनकै सबै भन्दा भव्य विदाई पाउनेछन् । त्यो भएन भने पनि उनको सम्मानमा कुनै कमी भने आउने छैन ।
आज यही प्रतिक्षाको घडी नजिकिएको छ । राति कतारमा हुने फाईनलमा साविक विजेता फ्रान्स र उसका तीव्र गतिका उदीयमान स्ट्राईकर एम्बापे , ग्रिजम्यान, जिरु जस्ता खेलाडीलाई रोक्न सकेमा अर्जेन्टिनाका लागि सहज हुनेछ ।
यो अन्तिम अवसरमा कुनै कसर नछाडी उपाधीका लागि संघर्ष गर्ने मेसीको रणनीति छ ।