पुष २ एजेन्सी । मोरक्को र क्रोएसिया शनिबार कतार फिफा विश्वकप २०२२ को तेस्रो स्थानका लागि भिड्दै छन् ।
विश्वकपमा सनसनीपूर्ण नतिजाका साथ सेमिफाइनलमा पुगेको मोरक्को फ्रान्ससँग २–० ले पराजित हुँदै तेस्रो स्थानको प्ले अफ खेल्नुपरेको हो ।
अर्कोतिर, सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग पराजित भएको थियो ।
सन् २०१८ को फाइनलमा उपविजेता भएको क्रोएसिया चार वर्षपछि तेस्रो स्थानका लागि खेल्दै छ । लुका मोड्रिकको कप्तानीमा रहेको क्रोएसिया फाइनलमा नपुगेपनि तेस्रो स्थान हासिल गर्न चाहन्छ । सन् १९९८ मा पहिलोपटक क्रोएसियाले तेस्रो स्थानको प्ले अफ खेलेको थियो । त्यसवेला क्रोएसिया नेदरल्यान्ड्ससँग २–१ ले पराजित भएको थियो ।
उत्तर अफ्रिकन टोली मोरक्को फिफा विश्वकपको कसैले नसोचेको नतिजा निकाल्न सफल भएको छ । सेमिफाइनलबाहेक अन्य कुनै पनि खेलमा मोरक्कोको पोस्टमा विपक्षी खेलाडीले गोल गर्न सकेका थिएनन् । मोरक्कोको बलियो रक्षापंक्ति फ्रान्सका थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले तोडे ।