रोनाल्डोलाई बेञ्चमै राख्दा क्वार्टरफाईनलबाटै बाहिरिएपछि पोर्चुगलका मुख्य प्रशिक्षकले दिए राजीनामा

रोनाल्डोलाई बेञ्चमै राख्दा क्वार्टरफाईनलबाटै बाहिरिएपछि पोर्चुगलका मुख्य प्रशिक्षकले दिए राजीनामा

  • शुक्रबार, पुस १, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

पुस १ , काठमाडौँ । कतार विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिएपछि पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डोज सान्तोषले राजीनामा दिएका छन् ।

दुई खेलमा सुपर स्टार रोनाल्डोलार्ई बेञ्चमा राखेपछि सान्तोषको कडा आलोचना भएको थियो ।

विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजित भएपछि ६८ वर्षिय सान्तोषले राजीनामा दिएका हुन्।

८ वर्ष पोर्चुगलको राष्ट्रिय टोली सम्हालेका सान्तोषले २०१६ को युरोकप र २०१९ मा युइएफए नेसन्स लिगको उपाधि टोलीलाई दिलाएका थिए।

सान्तोषले राजीनामा दिएपछि पोर्चुगिज फुटबल महासंघ ९एफपीएफ०ले सान्तोष र उनको टेक्निकल टोलीलाई अहिलेसम्मको यात्राको लागि धन्यवाद दिएको छ। यो ८ वर्ष अद्धितिय रहेको भन्दै यो धन्यवाद पोर्चुगिज जनताको तर्फबाट पनि भएको बताएको छ।

योसँगै एफपीएफले नयाँ प्रशिक्षकको खोजी पनि सुरु गरिसकेको जनाएको छ।

रोनाल्डोको स्थानमा मैदान उत्रेका गोन्कासो रामोसले ह्याट्रिक गर्दा ६–१ को जित दर्ता गरेको थियो।

क्वार्टरफाइनल खेलमा रोनाल्डोलाई बेन्चमा राख्दै रामोसलाई नै सुरुवाती रोजाइमा उतारेको खेलमा पोर्चुगल मोरक्कोसँग १–० ले पराजित भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ