यो विश्वकप मेरो लागि अन्तिम विश्वकप हुनेछ : मेसी

यो विश्वकप मेरो लागि अन्तिम विश्वकप हुनेछ : मेसी

  • बुधबार, मंसिर २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

एजेन्सी मंसीर २८ । सुपर स्टार फुटवलर लियोनल मेसीले यो विश्वकपको फाईनल खेल आफ्ना लागि अन्तिम हुने घोषणा गरेका छन् । मेसी फाईनलमा फ्रान्स वा मोरक्को मध्य एकसँग खेलेर उपाधी हात पार्ने योजनामा छन् ।

आज बिहान क्रोएसियालाई तीन शुन्यले हराउदै अर्जेन्टिना विश्वकपको फाईनल पुगेको छ । यस खेलमा मेसीले एक गोल गरे भने दुई गोलका लागि असिस्ट गरेका थिए ।
मेसीको जादुमयी खेलले दर्शकलाई मोहित बनाउने गरेको छ ।

उनले अर्जेन्टिनाको एक सञ्चार माध्यमसँग कुरा गर्दै आफू खुसी रहेको र यो नै आफूले यो खेललाई अन्तिम बनाउने घोषणा गरे ।

उनी १९८६ पछि अर्जेन्टिनालाई विश्वकपको उपाधी जिताउन मेसी अब एक कदममात्र टाढा छन् ।

उनले अर्जेन्टिनाका लागि १७२ खेल खेलेका छन् भने विश्वकपमा सबै भन्दा धेरै २६ खेल खेल्ने संसारकै पहिलो खेलाडी बन्दैछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ