फ्रान्सलाई रोक्न उत्साहित मोरक्को

फ्रान्सलाई रोक्न उत्साहित मोरक्को

  • बुधबार, मंसिर २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

मंसीर २८ काठमाण्डौँ । यस विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाईनल सम्म पुग्न सफल अफ्रीकी मुलुक मोरक्को आज डिफेन्डिगं च्याम्पियन फ्रान्सलाई रोक्न उत्साहका साथ मैदानमा उत्रदैछ । बुधबार डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग अल बायत रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

अहिले सम्म तीव्र गतिमा खेल्दै आएको फ्रान्सलाई रोक्न मोरक्कोका लागि सहज भने छैन । बलियो दावेदारहरुलाई पराजित गर्दै आएको मोरक्को यो विश्वकपमा अपराजित छ । फ्रान्स जुनियर खेलाडीहरुलाई मैदानमा उतार्दा समुह चरणमा कोष्टारिकासँग पराजित भएको थियो ।

अफ्रिकी टिमलाई केलियन एमबाप्पेको गति, पेनाल्टी क्षेत्रमा खतरनाक ओलिभर जिरुड, प्लेमेकर एन्टोइन ग्रिजमनका सटिक पासलाई रोक्न सजिलो हुने छैन । मोरक्कोको टिम पनि युरोपेली लिगका खेलाडीले भरिएको छ । तर, व्यक्तिगत कौशलका आधारमा फ्रान्सेली टिमसँग तुलना गर्ने आधार भने छैन । एमबाप्पेले यो विश्वकपमा सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै कीर्तिमानी जिरुडले ४ गोल गरेका छन् ।

आज सेमिफाईनल जिते मोरक्को र फ्रान्सको अलग अलग ईतिहाँस बन्ने छ । खेल राति पौने १ बजे शुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ