पोर्चुगललाई स्तव्ध पार्दै अफ्रीकी मुलुक मोरक्को विश्वकपको सेमिफाईनल प्रवेश

पोर्चुगललाई स्तव्ध पार्दै अफ्रीकी मुलुक मोरक्को विश्वकपको सेमिफाईनल प्रवेश

  • आइतवार, मंसिर २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

कतारमा जारी विश्वकपमा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।

क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।

त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन र मोरक्को विश्वकपमा पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । खेलको इन्जुरी समयमा वालदि चेडिराले रातोकार्ड खाएपछि मोरक्को १० खेलाडीमा सीमित बनेको थियो । अब मोरक्कोले इंग्ल्याण्ड र फ्रान्सबीचको विजेतासँग सेमिफाइनलमा भिड्नेछ ।

यो पराजयमा समर्थकहरुले पोर्चुगलका प्रशिक्षक सान्तोषको कमजोरी भएको औल्याएका छन् । उनले विश्व स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राखेर टिम मैदानमा उतारेका थिए ।
पहिलो हाफ्मा टिम पछि परिसकेपछि मात्रै उनले दोस्रो हाफमा रोनाल्डोलाई सब्सिटच्युट प्लेयरका रुपमा मैदानमा पठाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ