एम्बापेलाई रोक्न सहज छैन ईग्ल्याण्डलाई, पोर्चुगलले रोनाल्डोलाई पहिलो रोजाईमा उतार्ला ?

एम्बापेलाई रोक्न सहज छैन ईग्ल्याण्डलाई, पोर्चुगलले रोनाल्डोलाई पहिलो रोजाईमा उतार्ला ?

  • शनिबार, मंसिर २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

२४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ ।

पहिलो खेल पोर्चुगल र मोरक्कोबीच हुनेछ । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । यस्तै दोस्रो खेलमा अल बायत स्टेडियममा हुनेछ ।

जारी विश्वकपमा अफ्रीकी मुलुक मोरक्को अपराजित टिम रहेको छ। स्पेनलाई पाखा लगाएको मोरक्को उच्च मनोवलका साथ मैदानमा उत्रिरहँदा पोर्चुगलको टिममा केही तनाव छ । विश्व स्टारको छवि रहेका क्रिष्टियानो रोनाल्डोलाई यस अघि बेञ्चमा राखिएपछि आलोचना भएको थियो । उनको अनुपस्थितिमा रामोशले ह्याट्रीक गरेका थिए । आज पनि रोनाल्डोलाई बेञ्चमै राख्ने वा पहिलो रोजाईमा खेलाउने सार्वजनिक भईसकेको छैन ।
तर पोर्चुगलले नकआउटमा स्वीजरल्याण्ड बिरुद्ध ६ गोलको बर्षा गरेको थियो भने एक गोल मात्र व्यहोरेको थियो । यसरी हेर्दा उ सेमिफाईनल जाने संभावना बलियो छ । तर मोरक्को पनि जोशिलो रहेकाले खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा सेमिफाइनल पुगेको पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । २०१० र २०१८ मा अन्तिम १६ बाटै आउट भएको पोर्चुगल २०१४ मा समूह चरणबाटै घर फर्किएको थियो ।

यता , जारी विश्वकपमा अपराजित रहेको इंग्ल्याण्डले पनि बलियो प्रतिद्धन्दी फ्रान्सको सामना गर्दैछ । अघिल्लो विश्वकप जितेको फ्रान्सको टोलीका मुख्य हतियार हुन् एम्बापे । तीव्र गतिमा खेल्न सक्ने एम्बापेलाई चर्चाका रुपमा पेलेसँग तुलना गर्न शुरु भएको छ ।
उनै एम्बापेको गतिलाई रोक्नु ईग्ल्याण्डको लागि सहज छैन । उनका साथ जिरुड, ग्रिजम्यान जस्ता खेलाडीले फ्रान्सलाई बलियो बनाएको छ । एम्बापेले विश्वकपमा सबै भन्दा धेरै पाँच गोल गरिसकेर गोल्डेन बुटको दाबेदारका रुपमा खडा गरेका छन् ।

यता इंग्ल्याण्ड ५६ वर्षपछि विश्वकप उपाधि घर ल्याउने लक्ष्यसहित कतार पुगेको छ । ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्याण्डका लागि यस पटक मार्कुस रासफोर्ड र जुड बेलिङ्घमले उत्कृष्ट प्रदर्शान गरिरहेका छन् ।
साविक विजेता फ्रान्स कतार विश्वकपमा उपाधि प्रमुख दाबेदार मध्ये एक हो । राति पौने १ बजे शुरु हुने यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यी खेलहरु पछि सेमिफाईनल समीकरण पूरा हुनेछ । पहिलो सेमिफाईनलमा अर्जेन्टिना र क्रोएशिया र दोस्रोमा पार्चुगल र मोरक्को तथा फ्रान्स र ईग्ल्याण्ड मध्य दुई टिमबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ