त्रिदेशीय एक दिवसीय क्रिकेटमा नेपालको खराब प्रदर्शन

त्रिदेशीय एक दिवसीय क्रिकेटमा नेपालको खराब प्रदर्शन

  • बिहिबार, मंसिर २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं मंसीर २२ । विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न नामिबिया पुगेको नेपाली टिम जितविहीन बनेको छ। बिहीबार भएको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्यान्डसँग ८ विकेटले पराजित भएसँगै नेपालको अफ्रिका भ्रमण खराब रह्यो ।

नेपाल र नामिबियाबीचको पहिलो खेल नजिताविहीन भएको थियो। दोस्रो खेलमा स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा नामिबियासँग ८६ रनको पराजय भोगेको थियो।

बिहीबार स्कटल्यान्डसँग टस जितेर ब्याटिङ रोजेको नेपालले ३५।३ ओभरमा अल आउट हुँदै उक सय १९ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको स्कटल्यान्डले १७ ओभरमा मात्र दुई विकेट गुमाएर एक सय २१ रनसहित लक्ष्य पूरा गर्‍यो।

नामिबियाका लागि विकेटकिपर(ब्याटर जर्ज मुन्से ४५ रन बनाएर पेभेलियन फर्किँदा क्रिस्टोफर म्याकब्राइडले अविजित ४६ रन जोडे। नेपालका लागि गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले एक- एक विकेट लिए।

्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ