२१ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट छाडिएको पानी राजधानी आईपुगेको छ ।
गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र पौडेलले जानकारी दिए । त्यसपछि सुरुङ भर्न गेट बन्द गरिएको छ ।
अर्को हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
संभवत अर्कोसातादेखि पानी घर घरमा वितरण गर्ने संभावना रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline