स्वीजरल्याण्ड बिरुद्ध पोर्चुगलको आधा दर्जन गोल

स्वीजरल्याण्ड बिरुद्ध पोर्चुगलको आधा दर्जन गोल

  • बुधबार, मंसिर २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी मंसीर २१ । कतारमा जारी विश्वकपमा नकआउट चरणका सम्पूर्ण खेलहरु पूरा भएका छन् ।
नकआउटको अन्तिम खेलमा पोर्चुगलले स्वीजरल्याण्ड बिरुद्ध गोलको बर्षा गरेको छ ।

पहिलो हाफ्मा दुई शुन्यको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफ्मा थप चार गोल गर्यो ।
स्वीजरल्याण्डले एक मात्र सान्त्वना गोल फर्कायो ।

कतार विश्वकपमै पहिलो पटक गोन्सालो रामोसले ह्याट्रीक गरेका छन् ।

त्यस्तै पेपे, राफेल गुरेइरो र राफेल लाओले एक–एक गोल गरे ।

रामोसले खेलको १७औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

खेलको ५१औं मिनेटमा रामोसले व्यक्तिग दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० गोलको अग्रता दिलाए । खेलको ५५औं मिनेटमा गुरेइरोले गोल गर्दै पोर्चुगलको अग्रता ४–० बनाए । स्वीजरल्यान्डका लागि मानुयल अकाङ्जीले गोल गर्दै टिमलाई ४–१ गोलको अवस्थामा ल्याए ।

खेलको ६७औं मिनेटमा रामोसले ह्याट्रिक पूरा गर्दै टिमलाई ५–१ गोलको अग्रता दिलाए । खेलको इन्जुरी समयमा लाओले गोल गर्दै पोर्चुगललाई ६–१ गोल अन्तरको जित दिलाए । पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ