मंसीर १९ काठमाण्डौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गामा बनाईएका अनाधिकृत संरचना हटाउन निर्देशन दिएको छ ।
प्राधिकरणले काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो।
संरचना हटाई सकेपछि त्यसको जानकारी गराउन पनि प्राधिकरणले निर्देशन दिएको छ।
निर्देशन अनुसार नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकरणले बताएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline