अर्जेन्टिना विश्वकपको क्वार्टरफाईनल प्रवेश, अब प्रतिस्पर्धा नेदरल्याण्डसँग

अर्जेन्टिना विश्वकपको क्वार्टरफाईनल प्रवेश, अब प्रतिस्पर्धा नेदरल्याण्डसँग

  • आइतवार, मंसिर १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

एजेन्सी मंसीर १८ । उपाधी दावेदार मानिएको अर्जेन्टिना विश्वकप फुटवलको क्वार्टरफाईनल प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियालाई तीन एक गोल अन्तरले पाखा लगाउदै क्वार्टरफाईनल प्रवेश गरेको हो ।

दोहामा सम्पन्न खेलको पहिलो हाफ्मा विश्व स्टार लियोनल मेसीले उत्कृष्ट गोल मार्फत टिमलाई अग्रता दिलाएका थिए ।

मेसीले ३५ औँ मिनेटमा गोल गरेका थिए । उनको यो व्वयवशायीक खेलको १ हजारौँ खेलमा ७८९ औँ गोल थियो । अर्जेन्टिनाका लागि उनको यो ९४ औँ गोल हो ।
त्यसपछि अर्जेन्टिनाका लागि अष्ट्रेलिया बिरुद्ध अलभारेजले गोल गरेका थिए भने मार्टिनेजले आत्मघाती गोल गर्दा अष्ट्रेलियाले गोल अन्तर गराउन सफल भएको थियो ।
अब सेमिफाईनल प्रवेशका लागि अर्जेन्टिनाले नेदरल्याण्डसँग डिसेम्बर १० मा खेल्नेछ ।

यस अघिको खेलमा अमेरीकालाई तीन एक ले हराउदै अर्को उपाधी दावेदार नेदरल्याण्ड पनि क्वार्टरफाईनल प्रवेश गरेको छ । उ क्वार्टरफाईनल प्रवेश गर्ने पहिलो टोली हो । अमेरीकाको गोल्डेन जेनेरेशनको टोली भनिए पनि उसले नेदरल्याण्ड बिरुद्ध उत्कृष्ट जित निकाल्न असफल भएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ