मंसीर १५ एजेन्सी । समूहको निर्णायक खेलमा पोल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ ।
गएराति पहिलो हाफ्को ३९ औँ मिनेटमा पाएको पेनाल्टी मेसीले मिस गर्दा गोल रहित भएको खेलमा दोस्रो हाफ्मा दुई गोल संभव भएको थियो ।
४७ औं मिनेटमा एलेक्सेस म्याक एलिस्टरको गोलमा अग्रता लिएको थियो । जुलियन अल्भारेजले ६७ औं मिनेटमा अग्रता दोब्बर पार्दा अर्जेन्टिनाले जित पक्का गर्यो।
पहिलो खेलमा साउदीसँग पराजित भएको अर्जेन्टिना लगातार दुई खेल जित्दै समूह विजेता बन्यो।
अर्जेन्टिनासँग पराजित भए पनि पोल्याण्ड पनि अन्तिम १६ मा पुगेको छ। अर्को खेलमा मेक्सिको विजयी भए पनि गोल अन्तरका आधारमा पोल्याण्डले अन्तिम १६ मा उपविजेताको रुपमा स्थान बनाएको हो ।
अब अर्जेन्टिनाले नकआउट चरणमा अष्ट्रेलियासँग खेल्ने तय भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline