नेदरल्याण्ड र सेनेगल प्रि क्वार्टरफाईनल प्रवेश

नेदरल्याण्ड र सेनेगल प्रि क्वार्टरफाईनल प्रवेश

  • बुधबार, मंसिर १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

मंसीर १४ काठमाण्डौँ । नेदरल्याण्ड विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो ।

अल बायात रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । ​गाग्पोले खेलको २६औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए ।

खेलको ४९औं मिनेटमा डी योङले गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम १६ मा पुर्‍याए ।
नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्यो । नेदरल्यान्ड्स शीर्ष स्थानमा रह्यो । यसै समूहको सेनेगलले ६ अंक जोड्यो । सेनेगल पनि प्रि–क्वाटरफाइनलमा प्रवेश गर्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी