इङ्ल्यान्ड र अमेरीका विश्वकपको अन्तिम १६ मा प्रवेश

इङ्ल्यान्ड र अमेरीका विश्वकपको अन्तिम १६ मा प्रवेश

  • बुधबार, मंसिर १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

इङ्ल्यान्ड फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।​ मंगलबार राति भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।

अहमेद बिन अली स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे । त्यस्तै फिल फोडेनको एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको इङ्ल्यान्डले दोस्रो हाफमा तीन गोल गरेको हो ।

खेलको ५० औं मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा फोडेनले गोल गर्दै इङ्ल्यान्डलाई २–० को अग्रता दिलाए ।

खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए । जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्यो । इङ्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो ।

बेल्स भने प्रतियोगीताबाट बाहिरिएको छ ।

अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको हो ।

अल थुमामा स्टेडियममा भएको खेलमा अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गरेको गोलले नै अमेरिकालाई जित दिलाएको थियो ।

जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । यता इरान ३ अंक जोडेर प्रतियोगिताबाट बाहिरियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी