मेक्सिको बिरुद्ध जीत निकाल्दै नकआउटमा प्रवेशको संभावना जोगायो अर्जेन्टिनाले

मेक्सिको बिरुद्ध जीत निकाल्दै नकआउटमा प्रवेशको संभावना जोगायो अर्जेन्टिनाले

  • आइतवार, मंसिर ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

मंसीर ११ एजेन्सी । मेक्सिकोमाथि रोमाञ्चक जित निकाल्दै अर्जेन्टिनाले कतार विश्वकपको अघिल्लो चरण पुग्ने सम्भावना जीवित राखेको छ।

लुसैल स्टेडियममा शनिबार मध्यराति भएको खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै अर्जेन्टिनाले पहिलो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भवना बलियो बनाएको हो।

पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनाले दोस्रो खेलमा जित दर्ता गरेको हो।

जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिनाका लागि मेस्सीले खेलको ६४ औँ मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरेका हुन्।

खेलको ८७ औँ मिनेटमा एञ्जो फर्नान्डेजको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको हो।

विश्वकपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका २१ वर्षीय फर्नान्डेजको पहिलो अन्तर्राष्ट्रिय गोल हो। राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय गोल गर्ने उनी दोस्रो युवा खेलाडी हुन्।

जारी विश्वकपमा मेस्सीले २ गोल गरेका छन्। यो अघि उनले साउदीअरेबियालाई पेनाल्टीमा गोल गरेका थिए। मेस्सीले राष्ट्रिय टोलीका लागि ९३ औँ गोल गरेका छन्। अर्जेन्टिनाको जितसँगै मेस्सीले व्यक्तीगत कीर्तिमनी पनि आफ्नो नाममा गराएका छन्। उनले अर्जेन्टिनी लेजेण्ड डिएगो म्यारोडोनासँगको २१ खेलको कीर्तिमान बराबरी गरेका हुन्।

जितसँगै अर्जेन्टिना ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। एक खेलमा हार र एक खेलमा बराबरी गरेको पोल्याण्ड ४ अंकमा शीर्ष स्थानमा छ। ३ अंक भएको साउदी अरेबिया तेस्रो स्थानमा छ। १ अंक भएको मेक्सिको तालिकाको पुछारमा छ।

अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा बुधबार पोल्याण्डसँग खेल्नेछ। मेक्सिको पनि सोही दिन साउदी अरेबियासँग भिड्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ