लियोनल मेसीका लागि आज कडा अग्नी परिक्षा, मेक्सिकोलाई पराजीत नगरे टोली बाहिरिने संभावना

लियोनल मेसीका लागि आज कडा अग्नी परिक्षा, मेक्सिकोलाई पराजीत नगरे टोली बाहिरिने संभावना

  • शनिबार, मंसिर १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

मंसीर १० एजेन्सी । विश्वभरी नै प्रस्ख्यात अर्जेन्टीनी फुटवल स्टार लियोनल मेसीले क्लब फुटवलमा अनेक किर्तिमान बनाए पनि विश्वकप जिताउन नसकेकोमा आलोचित छन् ।

अघिल्लो विश्वकपमा यस्तै अवस्था आएपछि मेसीले सन्यास लिएका थिए तर समर्थक र प्रशिक्षकको दबाबमा उनी फेरी सन्यास फिर्ता लिएर राष्ट्रिय टोलीमा फर्किए ।

उनको यो संभवतः अन्तिम विश्वकप हुनेछ । जसको ट्रफी जितेर उनी जीवनकै उत्कृष्ट सम्मान पाउने चाहनामा छन् । तर यो चाहनाले हुँदैन खेल जित्नु पर्ने हुन्छ । त्यही खेलका क्रममा मेसीले शुरुवाती गोल गर्दा गर्दै पनि कतार विश्वकपको समुह चरणको पहिलो खेलमै साउदी अरेबियासँग स्तव्ध भएको टोलीले आज दोस्रो खेल मेक्सिकोसँग खेल्दैछ ।

राति पौने १ बजे हुने खेलमा आज जीत हात नपारे मेसी निराश भएर घर फर्कनु पर्नेछ । त्यसैले आजको खेलमा स्पष्ट तीन अंक हासिल गर्न मेसी तयार छन् ।

त्यस अघि आज ट्युनिशिया र अष्ट्रेलियाबीच ३ः४५ बजे, पोल्याण्ड र साउदीबीच ३ः४५ बजे, फ्रान्स र डेनमार्कबीच ९ः४५ बजे खेल शुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ