आयोजक कतार विश्वकपबाट बाहिरिने पक्का

आयोजक कतार विश्वकपबाट बाहिरिने पक्का

  • शनिबार, मंसिर १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

घरेलु टिम कतार फिफा विश्वकप २०२२ मा समूह चरणको सुरुवाती दुई खेलमा पराजीत हुँदै विश्वकपबाट बाहिरिने पक्का भएको छ ।

कतारलाई शुक्रबार भएको खेलमा सेनेगलले ३ १ गोलले हरायो। पराजित भएसँगै कतार समूह चरणबाटै बाहिरिने अवस्थानमा पुगेको छ।

अब आजै हुने समूह ुएु को खेलमा नेदरल्यान्ड्सलाई इक्वेइडरले पराजित गर्न सकेन भने आयोजक कतार अन्तिम खेलअघि नै बाहिरनेछ।

शुक्रबार दोहामा खेलको ४१ मिनेटमा सेनेगलले अग्रता लियो। उसका लागि डियाले गोल गरेका थिए। ४८ मिनेटमा डिइधिओउले सेनेगलको अग्रता दोब्बर पारेका थिए।

दोस्रो हाफ सुरु भए लगत्तै दुई गोलले पछि परेको घरेलु टिम कतारले ७८ मिनेटमा गोल फर्काउन सफल भयो। कतारका लागि मुन्तारीले मोहमदको पासमा गोल गरेका थिए।

तर ८४ मिनेटमा सेनेगलका लागि डिआङले तेस्रो गोल गरेपछि कतारी समर्थक निराश बनेका थिए।

यसअघि पहिलो खेलमा कतारलाई इक्वेइडरले पराजित गरेको थियो। सेनेगल भने नेदरल्यान्ड्ससँग हारेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ