आजदेखि शैक्षिक संस्था बन्द

आजदेखि शैक्षिक संस्था बन्द

  • शुक्रबार, मंसिर २, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

२ मंसिर, काठमाडौं । सरकारले निर्वाचनलाई लक्षित गर्दै आज देखि शैक्षिक संस्थाहरुलाई बन्द गरेको छ ।

शुक्रबारदेखि मंसिर ५ गते सोमबारसम्म शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । अब मंगलबारदेखि मात्रै देशभरका शैक्षिक संस्थाहरु खुल्ने छन् । गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भने मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिइएको छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुँदैछ । देशका अधिकांश ठाउँमा विद्यालयमा मतदान केन्द्र राखिएको हुनाले शैक्षिक संस्था आजैदेखि बन्द गर्नु परेको मन्त्रालयले जनाउको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी