नयाँ योग शिक्षकलाई तालिम प्रदान

नयाँ योग शिक्षकलाई तालिम प्रदान

  • शनिबार, कार्तिक २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

दाङ, २६ कात्तिक । तुलसीपुरमा नयाँ योग शिक्षकलाई तालिम प्रदान गरिएको छ । उनिहरुलाई पहिलो पटक यस्तो तालिम प्रदान गरिएको हो । राप्ती आयुर्वेद चिकित्सालय योग केन्द्र तुलसीपुर ९ दोघरेको आयोजनामा तालिम भएको छ ।

योग केन्द्रका संयोजक ओजबहादर खड्काको अध्यक्षता तथा पतञ्जली योग समिति लुम्बिनी प्रदेशका सल्लाहकार देवराज आचार्यको प्रमुख आतिथ्यता एवं पतञ्जली योगका सल्लाहकार घनश्याम अधिकारीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि देवराज आचार्यले एउटा मानीसमा बोली, व्यबहार, कर्म, आहार, चिन्तन ल्याउनको लागि योग अपरिहार्य रहेको बताउनुभयो । उहाँले योगले मानीसलाई स्वस्थ्य मात्र नभएर सुसंस्कृत र अनुसाशित समाज निमार्ण गर्न मद्दत गर्न टेवा पुग्ने बताउनुभयो ।

तालिमको प्रशिक्षकमा पतञ्जली योग लुम्बिनी प्रदेश प्रशिक्षण बिभाग प्रमुख दिपक बस्याल, लुम्बिनी प्रदेश सञ्चार प्रभारी अरुणकुमार श्रेष्ठ, पतञ्जली योग समिति लुम्बिनी प्रदेशका सल्लाहकार देवराज आचार्य र पतञ्जली योगका सल्लाहकार घनश्याम अधिकारी लगायतका रहनु भएको छ । तालिमको प्रतिबेदन तालिम संयोजक सिता निउरेले प्रस्तुत गर्नु भएको हो ।

कार्यक्रममा सहभागि लोकराज गिरी, टिका केसी, शालिकराम न्यौपाने, दिपक शाह, ह्रिङकलाल चौधरी, जानका गैरै, प्रलाद शाह, टोपबहादुर केसी, दानबहादुर बुढाथोकी, गायत्री केसी, यमनारायण सापकोटा, रेखा शर्मा लगायतले तालिम लिएर आफुमा मात्र सिमित नगरेर घर परिवार हँुदै समाजमा योगको महत्वको बारेमा जनाकारी गराउन र सचेत गराउन आवश्य रहेको बताएका छन् ।

१ सय १० घण्टासम्म चलेको तालिममा २५ जना बढिको सहभागिता रहेको थियो । प्रशिक्षार्थी नमेश पुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण योग शिक्षक पुर्ण भण्डारीले गर्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी