भाग्यले साथ दिएको पाकिस्तान विश्वकप क्रिकेटको फाईनल प्रवेश

भाग्यले साथ दिएको पाकिस्तान विश्वकप क्रिकेटको फाईनल प्रवेश

  • बुधबार, कार्तिक २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

कार्तिक २३ एजेन्सी । समुह चरणमा पहिलो खेलमा भारतसँगको कडा प्रतिस्पर्धाबीचको पराजय र दोस्रो खेलमा जिम्वावेसँग अप्रत्यासित रुपमा स्तव्ध भएपछि लगभग समुह चरणबाटै घर फर्किने अनुमान गरिएको पाकिस्तानी क्रिकेट टोली भाग्यमानी सावित हुँदै फाईनल पुगेको छ ।

समुह चरणमा नेदरल्याण्ड, दक्षिण अफ्रीका र बंगलादेशलाई हराएर पनि नेदरल्याण्डले दक्षिण अफ्रीकालाई पराजीत नगरेको अवस्थामा घर फर्किनु पर्ने अवस्थामा रहेको पाकिस्तानलाई भाग्यले साथ दिएरै सेमिफाईनल प्रवेश गर्यो ।

त्यसपछि आज भएको सेमिफाईनल खेलमा पाकिस्तानले न्युजील्याण्डलाई ७ विकेटले पराजीत गर्दै फाईनल प्रवेश गरेको हो । न्युजील्याण्डले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ओपनर एवं कप्तान बाबर आजम र मोहम्मद रिजवानको उत्कृष्ट पारीसँगै जीत निकालेको हो । बाबर आजमले ५३ र मोहम्मद रिजवानले ५७ रन जोडे । यस्तै मोहम्मद ह्यारीसले ३० रन जोडे ।

पाकिस्तान विश्वकपको फाईनलमा १३ वर्षपछि तेस्रो पटक पुगेको हो । अब उपाधिका लागि पाकिस्तानले भारत र ईग्ल्याण्डबीच भोली हुने खेलको बिजेतासँग नोभमेम्बर १३ मा खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ