काठमाडौं । नेपाल बीमा प्राधिकरणले औपचारिक रुपमा काम कारबाही प्रारम्भ गरेको छ । नेपालको संविधान बमोजिम सङ्घीय संसदबाट बनेको बीमा ऐन, २०७९ आज कात्तिक २२ गतेदेखि लागू भएको छ ।
बीमा ऐन, २०७९ बमोजिम बीमा समिति नेपाल बीमा प्राविधिकरण मा परिणत भएको छ । यसअघि नेपालको बीमा नियमनकारी निकायका रुपमा काम शुरु गरेको छ । यसअघि, नेपालको बीमा नियमनकारी निकासका रुपमा बीमा समितिबाट भएका सम्पूर्ण काम कारवाहीहरु आजदेखि नेपाल बीमा प्राधिकरणबाट हुने भएको छ ।
नेपाल बीमा प्राधिकरण बीमा व्यवसायको नियमनकारी निकायका रुपमा रहने र प्राधिकरणले नेपाल सरकोको बीमा सम्बन्धी सल्लाहकारका रुपममा समेत कार्य गर्ने व्यवस्था बीमा ऐन २०७९ मा रहेको छ । ऐन नेपाल बीमा प्राधिकरणलाई थप अधिकार सहित स्वायत्त बनाएको छ । बीमा कम्पनीको स्थाना गर्न पूर्वस्वीकृति दिने, इजाजतपत्र प्रदान गर्ने तथा खारेजी गर्ने, बीमा व्यवसायका लागि आवश्यक विनियम, निर्देशिका, मार्गर्शन र आदेश जारी गर्ने, बीमा मध्यस्थकर्तालाई इजाजतपत्र प्रदान गर्ने, नवीकरण गर्ने तथा खारेजी गर्ने लगायतका अधिकारहरु प्राधिकरणमा निहित रहने भएको छ ।
बीमा व्यवसायसँग सम्बन्धित पँजी तथा पँजीकोष निर्धारण गर्ने, बीमा व्यवसायको जोखिम न्यूनिकरण गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने, न्यून आय भएको वर्गसम्म बीमाको पहुँच पुर्याउन लघुबीमा व्यवसायको प्रवद्धैन गर्ने, बीमा सम्बन्धमा प्रदेशसँग समन्वयन गर्ने लगायतका कार्यहरु प्राधिकरणले गर्ने कानूनी व्यवस्था छ ।
समितिका पदाधीकारीहरुले नै सञ्चालकको जिम्मेवारी यथावत बहन गर्नेछन् ।