लक्ष्मी बैंक खुला गल्फ प्रतियोगीताको उपाधी सुरेन राणालाई

लक्ष्मी बैंक खुला गल्फ प्रतियोगीताको उपाधी सुरेन राणालाई

  • आइतवार, कार्तिक २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाण्डौ । सुरेन राणाले सातौँ संस्करणको लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। किशोर बस्नेतसँग ४० स्टेबल फोर्ड अंकमा बराबरी भए पनि काउन्ट ब्याक प्रणालीमा राणाले ब्याक नाइन होलमा २३ अंक ल्याए भने बस्नेतले २० अंकमात्र जोड्न सफल भए।

प्रतियोगिताभमा निश्चयजंग रायमाझीले ३७ ग्रस अंक बनाएर उत्कृष्ट ग्रसको अवार्ड जित्न सफल भएका छन्।

महिलातर्फ गीता गुरुङ ३० अंकसहित विजयी भइन् भने सिनियर तर्फ महेन्द्र मैनाली ३६ अंकका विजेता बनेका छन्।

लक्ष्मी बैंकका ग्राहकमध्ये आङ दोर्जी शेर्पा ३७ अंकका साथ विजयी भए। आइस्टिना टन्डनले ४१ अंक जोड्दै जुनियर ट्रफी जितिन्। क्याप्टेन नोर्बु शेर्पाले लंगेस्ट ड्राइभ, मिथुन राईले क्लोसेस्ट टु दि पिन र वाङ्चेन धोन्डुपले मोस्ट बर्डीको अवार्ड हात पारे।

विजयी खेलाडीलाई लक्ष्मी बैंकका अध्यक्ष रमन नेपाल, प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र जोसेफ नाथनलगायतले पुरस्कृत गरेका थिए।

लक्ष्मी बैंकले प्रायोजन गरेको प्रतियोगितामा ११३ खेलाडीको सहभागिता थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ