नेदरल्यान्डस्सँग पराजित दक्षिण अफ्रिका बाहिरियो, भारत सेमिफाइनलमा , पाकिस्तानको पनि संभावना कायमै

नेदरल्यान्डस्सँग पराजित दक्षिण अफ्रिका बाहिरियो, भारत सेमिफाइनलमा , पाकिस्तानको पनि संभावना कायमै

  • आइतवार, कार्तिक २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौं, २० कात्तिक । नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएसँगै आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ को समूह टु बाट दक्षिण अफ्रिकाको सेमिफाइनल पुग्ने सपनामा धक्का लागेको छ ।

दक्षिण अफ्रिका पराजित भएसँगै भारत एक खेल बाँकी हुँदै सेमिफाइनलमा पुगेको छ । भारत ४ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको दक्षिण अफ्रिकाको ५ अंक छ । तेस्रो र चौथो स्थानको पाकिस्तान र बंगलादेशको समान ४ अंक छ । यी दुई टोली आज हुने खेलमा आमने सामने हुँदैछन् । भारत एक खेल अगावै विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्दा उपविजेताका दौडमा बंगलादेश र पाकिस्तान रहेका छन् । यो खेल जित्ने टोली अन्तिम चारमा प्रवेश गर्नेछ ।

नेदरल्यान्ड्ले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४५ रनमा समेटियो । दक्षिण अफ्रिकाका राइली रोसोले सर्वाधिक २५, कप्तान टेम्बा बभुमाले २० र हेनरिक क्लासेनले २१ रन जोडे । नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभरले ३, फेड क्लासेनले २ तथा पाउल भान मिकेरिन र बास डीले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५८ रनको योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सका कोलिन एकेरमनले २६ बलमा ३ चौका र २ छक्का मद्दतमा अविजित ४१ रन जोडे । त्यस्तै ओपन स्टेभन माइबर्गले ३७ रन जोडे । दक्षिण अफ्रिकाका केशब माहाराजाले २ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ