कार्तिक १०, सिस्नु । भारतले ट्वान्टी -ट्वान्टी विश्वकपमा बिहीबार लगातार दोस्रो जित निकालेको छ । उसले नेदरल्यान्डस्लाई ५७ रनले पराजित गर्यो । डच टिमको भने यो लगातार दोस्रो हार हो ।
जितका लागि १ सय ८० रन पछ्याएको नेदरल्यान्ड्सले नौ विकेटमा १ सय २३ रन मात्र बनाउन सक्यो । उसका लागि कसैले पनि गतिलो योगदान दिन सकेनन् । टिम पिन्जलको २० रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले दुई विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । त्यसमा तीन ब्याटरले अर्ध शतक बनाए । कप्तान रोहित शर्माले ५३, विराट कोहलीले ६२ र सूर्यकुमार यादवले ५१ रन बनाए ।
यो जितले भारतको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline