कार्तिक १ काठमाण्डौँ । कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरि पक्राउ गरेको छ।
उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
स्ट्यान्ड अप कमेडी गर्दा नेवा समुदायमाथि चोट पुर्याएको भन्दै उनीविरुद्ध चार वटा जाहेरी परेको थियो। यस अघि पनि पक्राउ परेर उनी रिहा भएका थिए ।
भदौ १२ गते पक्राउ परेका उनलाई कोरोना संक्रमण भएपछि भदौ २३ गते तारेखमा छाडिएको थियो।
उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५, सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसूर, दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्व व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline