सिराहामा एमाले-जसपा गठबन्धनलाई बागीकै भय

सिराहामा एमाले-जसपा गठबन्धनलाई बागीकै भय

  • सोमवार, अशोज ३१, २०७९
  • मुकेशकुमार यादव

  • 2.9K
    SHARES

सिरहा, ३१ असोज । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिराहामा एमाले गठबन्धनलाई आफ्नै बागी उम्मेदवारहरू टाउको दुखाइ बनेको छ । सिराहाको ३ र ४ मा एमाले र जसपाका बागी उम्मेदवारहरूका कारण एमाले गठबन्धनका नेताहरू चिन्तित बनेका छन् ।

प्रतिनिधिसभाको अघिलो निर्वाचमा क्षेत्र नम्बर ४ बाट राजकिशोर यादवले चुनाव जितेका थिए । यसपटक जसपाले उनलाई सिराहा २ मा पठाएर ४ मा वीरेन्द्र महतो उठेका छन् । वीरेन्द्र महतोविरुद्ध जसपा नेता राजकिशोर यादवका भाइ काशिन्द्र यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेता यादव सिराहा २ मा चुनाव लडेपछि ४ मा आफ्नो भाइलाई स्वतन्त्र उठाएको जसपाका कार्यकर्ताहरूले आरोप लगाएका छन् ।

काशिन्द्र यादवलाई नेता यादवले उम्मेदवारी फिर्ता लिन दबाब दिए पनि उनले मानेनन् । काशिन्द्रले आफू कुनै पार्टीमा आवद्ध नरहेको बताउँदै आएका छन् । कुनै पार्टीमा नभएका कारण स्वतन्त्र उम्मेदवारी दिएको उनी बताउँछन् । उनले लामो समयदेखि तराई मधेस राष्ट्रिय परिषदको संस्थापक भएर ‘स्वतन्त्र’ रूपमा सामाजिक अभियन्ताको काम गर्दै आइरहेका छन् ।

सिराहा ३ ‘ख’मा एमाले गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार रेणु यादवविरुद्ध सिराहा नगरपालिकाका मेयर डा.नविन यादवका भाइ डा.प्रवीनकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । डा.प्रविन एमाले सिराहाका प्रभावशाली नेता हेमनारायण यादवका छोरा हुन् । पार्टीले उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।

सिराहा क्षेत्र नम्वर ३ ‘ख’ मा गोपालप्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्रभन्दा पनि उनी आफूलाई एमालेको ‘बागी’उम्मेदवार भन्न रुचाउँछन्। सिराहामा एमाले पार्टी निश्चित नेताहरूको इसारामा चल्ने गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए।

सिराहा ३ मा एमाले गठबन्धनबाट पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ३ ‘ख’ मा एमालेका दुईजना बागी उम्मेदवार श्रेष्ठका लागि टाउको दुखाइको विषय बनेको छ ।

सिरहा २ (क) मा विजय यादव जसपा र एमालेको आधिकारिक उम्मेदवार हुन् । तर पार्टीबाटै उनीविरुद्ध दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाका नेता राजलाल यादव र रामपृत यादवले विजय यादवविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले पनि सिराहा २ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा सता गठबन्धनको तर्फबाट माओवादीको आधिकारिक उम्मेदवार जीवछ यादव छन् । ‘म नेपाल समाजवादी पार्टीमा छैन, सो पार्टीको केन्द्रीय समितिमा मेरो नाम जबर्जस्ती राखिएको छ । म पूर्ण स्वतन्त्र हुँ,’ स्वतन्त्र उम्मेदवार रामरिझन यादवले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी