भारतमा बिजुली बेचेर ८ अर्ब आमदानी , मंसीर सम्ममा थप कमाई हुने

भारतमा बिजुली बेचेर ८ अर्ब आमदानी , मंसीर सम्ममा थप कमाई हुने

  • मङ्लबार, अशोज २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

असोज २५ काठमाडौँ । नेपालले भारतमा बिजुली निर्यात गरेर चार महिनामा ८ अर्ब बढी रुपैया आमदानी गरेको छ । ४ महिनामा भारतर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सो समयदेखि असोज २५ सम्म १ अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको हो ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

नेपालले विभिन्न आयोजनाका ३६४ मेगावाट बिजुली निर्यात गरीरहेको छ ।

यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगेको छ। प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युत्‌को औसत दर प्रतियुनिट ७ रुपैयाँ ९१ पैसा रहेको छ ।

यसका अतिरिक्त नेपालले थप एक सय मेगावाट बढी बिजुली लैजान प्रस्ताव गरेपनि भारतले निर्णय गरेको छैन । उता बंगलादेशलाई पनि बिजुली बेच्न नेपालले प्रयास जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी