एएफसी यू–१७ : जितबिहीन रहेको नेपाल सान्त्वना जितको खोजीमा

एएफसी यू–१७ : जितबिहीन रहेको नेपाल सान्त्वना जितको खोजीमा

  • आइतवार, अशोज २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, २३ असोज । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

खेल फु थोस्थित भियत त्रि स्टेडियममा दिउँसो २ः४५ बजेबाट सुरू हुनेछ ।

ताइपेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ । ताइपे पनि पहिलो जितको योजनामा रहेको छ ।

समूह ‘एफ’ मा रहेको नेपाल र ताइपे अंक विहीन छन् । दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, अन्तिम खेलमा जित निकाल्दै दुबै टोली सान्त्वना जितसहित घर फर्कन चाहन्छन् ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो । खेलमा आयोजक भियतनामसँग ५–० ले पराजित भएको थियो । नेपाल समूहको पुछारमा रहेको छ ।

अर्कोतर्फ ताइपेइ भियतनामसँगको पहिलो खेलमा ४–० ले हारेको थियो भने दोश्रो खेलमा थाइल्याण्डसँग ३–१ ले पराजित भएको थियो ।

ताइपे तेस्रो स्थानमा रहेको छ । ताइपे पनि भियतनाम र थाइल्याण्डसँग पराजित भएको थियो । भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् ।

यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ