यू–१७ एसिया कपः नेपाल थाइल्यान्डसँग पराजित

यू–१७ एसिया कपः नेपाल थाइल्यान्डसँग पराजित

  • बुधबार, अशोज १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौँ, १९ असोज । एएफसी यू–१७ एसियाकप छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । बुधवार भएको छनोटको समूह ‘एफ’को पहिलो खेलमा थाइल्यान्डले नेपाललाई ३–० ले सजिलै पराजित गर्यो ।

भियतनामको फु थोस्थित भियत ट्रि स्टेडियममा भएको खेलमा थाइल्यान्डका लागि तोनतवाना पुन्तामुनेले २ गोल गरे । उनले ३५ र ६५ औं मिनेटमा १र१ गोल गरे । यस्तै तानक्रित जाम्पपालीले ७८ औं मिनेटमा १ गोल थपे ।

पूरा खेलमा क्रममा नेपाली किशोर खेलाडीले कुनै गतिलो आक्रमण बुन्न सकेन् । नेपालले अब शुक्रबारको खेलमा भियतनामको सामना गर्नेछ । यस्तै आइतबार नेपाल र चिनिया ताइपेयीबीच खेल हुनेछ ।

समूहको शीर्ष स्थानमा रहने टिम एएफसी यू–१७ एसियाकपका लागि छनोट हुनेछ । समूहको दास्रो स्थानमा रहने उत्कृष्ट ६ टिम पनि प्रतियोगिताका लागि छनोट हुनेछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ