च्याम्पियन्स लिग फुटबलः बार्सिलोना इन्टर मिलानसँग पराजित, अर्को खेलमा लिभरपुल विजयी

च्याम्पियन्स लिग फुटबलः बार्सिलोना इन्टर मिलानसँग पराजित, अर्को खेलमा लिभरपुल विजयी

  • बुधबार, अशोज १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

१९ आश्विन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानले स्पेनको बार्सिलोनालाई पराजित गरेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा इन्टरले बार्सिलोनालाई १–० ले पराजित गरेको हो ।

इन्टरको जितमा हाकन काल्हानोग्लुले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।

यो जितसँगै इन्टरले ३ खेलमा ६ अंक जोडेको छ । समूह सी को इन्टर दोस्रो स्थानमा रहेको छ । बार्सिलोना ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

लिग च्याम्पियन्सको अर्को खेलमा लिभरपुलले सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई २–० ले हराएको हो ।

खेलको सातौं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि ५३ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

जितसँगै समूह ए को लिभरपुलले ३ खेलमा ६ अंक जोडेको छ । अंक विहीन रेन्जर्स पुछारमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ