लुम्बिनीका विध्युतीय बस आजदेखि सुचारु, पर्वमा सर्वसाधारणका लागि निःशुल्क

लुम्बिनीका विध्युतीय बस आजदेखि सुचारु, पर्वमा सर्वसाधारणका लागि निःशुल्क

  • बिहिबार, अशोज १३, २०७९
  • मोहम्मद हबिब

  • 7.3K
    SHARES

भैरहवा, १३ असोज । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयदेखि थन्केर बसेका विद्युतीय बस आजबाट सुचारु भएको छ । बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवेधकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले विद्युतीय बसको शुभारम्भ गरेका हुन् ।

लुम्बिनी क्षेत्रमा अत्यधिक भएको प्रदूषण केही हदसम्म रोक्न भनी एडीबीले लुम्विनीमा सञ्चालन गर्न तीन वर्ष अगाडि पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्विनी बिकास कोषलाई अनुदानमा दिएको थियो । दशै तिहारलाई लक्षित गर्दै बुद्ध सर्किटको पाँच रुट बस परीक्षणकालका लागि सुचारु गरिएको हो ।

पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले विद्युतीय सवारीसाधन सञ्चालन गर्न १९ जेठमा कार्यविधि बनाउने निर्णय गरेसँगै कोषाध्यक्ष ढुण्डीराज भटराई९सिद्धिचरण०को संयोजकत्वमा बोर्ड सदस्यहरू विश्वराज पौडेल र राजेश शाक्य सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले गाडीको अवस्था, रुट, चार्जिङ स्टेसनलगायतका विषयमा प्रतिवेदन र कार्यविधिको खाका बुझाएपछि बस भने परीक्षण कालका लागि सुचारु भएको छ । केही ट्याक्सी भने विकास कोषले स्वयं प्रयोग गरिरहेको छ ।

बस सञ्चालनका लागि चौतर्फी दबाब हुन थालेपछि गृहमन्त्री बालकृष्ण खाणले विश्व पर्यटन दिवसका दिन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र लुम्बिनी विकास कोषलाई दसैंअघि निर्देशन दिएका थिए । कार्यदलले पनि दसैंअघि सञ्चालन गर्ने तयारी गरेको थियो ।

बुधबार रुपन्देहीका प्रजिअ पाण्डेको अध्यक्षता लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघसंस्था प्रतिनिधिहरूको बैठकले कार्यविधि नहुँदासम्मका लागि र दसै‌तिहारलाई लक्षित गर्दै चालक र सहचालकको व्यवस्थापन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले एकरएक गाडीको जिम्मेवारी लिएर सञ्चालनमा ल्याइएको हो ।

पाँचवटा बसमध्ये एउटा बस बुटवल(भैरहवा(बेलहिया–एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया(भैरहवा(एयरपोर्ट हँदै लुम्बिनी, तेस्रो बस नवलपरासी(रामग्राम(भैरहवा(बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौंथो बस कपिलवस्तु(तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनी वरिपरि सञ्चालन हुने रुट तय गरिएको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

परीक्षणकालसम्म निःशुल्क रूपमा बस सञ्चालनमा हुनेछ । अहिले चाडपर्वका समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने गरी सञ्चालनमा छ ।
विद्युतीय गाडीको नम्बर प्लेटको विषयमा टुंगो लागेको छैन । सेतो नम्बर प्लेटका सवारीसाधनलाई हरियो नम्बर प्लेट वा कालो नम्बर प्लेट के राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको छ ।

विकास कोषले पर्यटक लक्षित भएकाले हरियो प्लेटमा चलाउने धारणा राखेको छ, तर कानुनी जटिलताका कारण एकैपटक सार्न मिल्दैन । सेतोबाट हरियोमा जाँदा लामो प्रकिया छ, विभागले नै पहिला नामसारी गरि सेतो प्लेटमा लैजान भनी विकास कोषलाई सुझाएको थियो । सोहीअनुसार नै काम भएको छ । हरियो प्लेटको गाडीमा पर्यटक मात्र सवार हुन पाउने कानुनी प्रावधान छ ।

एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो । नेपाल सरकारले साढे तीन करोड रुपैयाँ भन्सार शुल्क व्यहोरेको छ । बस अपांगमैत्री र स्वचालित ढोकासहितको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी