नेपालले बिजुली भारतलाई बेचेर चार महिनामा कमायो सात अर्ब, मंसिर सम्ममा १६ अर्ब आमदानी गर्ने लक्ष्य

नेपालले बिजुली भारतलाई बेचेर चार महिनामा कमायो सात अर्ब, मंसिर सम्ममा १६ अर्ब आमदानी गर्ने लक्ष्य

  • मङ्लबार, अशोज ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

काठमाडौं असोज ४ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महीनामा ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् भारत निर्यात गरेको छ । भदौ महीनामा मात्र २ अर्ब ४२ करोड रुपैयाँको निर्यात भएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको प्राधिकरणले जनाएको छ । वर्षायामको विद्युत् गत १९ जेठ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड को डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत विक्री शुरु भएको थियो ।

सुरुमा दुई ओटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा विक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ ओटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा विक्री हुँदै आएको छ ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा विक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ ।
हरेक महीना विद्युत् निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चालू आवमा विद्युत निर्यातबाट करीब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ, मंसिरको पहिलो हप्तासम्म निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात शुरु हुन्छ’, उनले भने ।
विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १०० दशमलव ९ मेगावाट विद्युत् आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत विक्री गर्ने प्रस्ताव गरेको छ ।

प्राधिकरणले केही दिनअघि चार ओटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट विक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।

यसअघि प्राधिकरणले चार ओटा जलविद्युत् आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत् निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप चार ओटा जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ ओटा जलविद्युत् आयोजनाबाट उत्पादित २१२ दशमलव ७ मेगावाट विद्युत् निर्यातका लागि प्रस्ताव पेश गरेको हो ।

निजी क्षेत्रले निर्माण गरेका २९ दशमलव शून्य ४ मेगावाटको लिखु खोला ए, २५ मेगावाटको काबेली बी( १, २२ मेगावाटको माईखोला, १४ दशमलव ९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युतगृहबाट उत्पादित १०० दशमलव ९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।

यसअघि ४२ मेगावाटको मिस्त्री खोला, २४ दशमलव २ मेगावाटको लिखु खोला ‘ए’, २३ दशमलव ५ मेगावाटको सोलूखोला, २२ दशमलव १ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११ दशमलव ८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी