असोज ३ काठमाण्डौँ । घरेलु मैदान, दशौँ हजार दर्शकको साथ , सेमिफाईनलमा उपाधीको तगारो बनेको भारतलाई पराजीत गर्नु सबै हिशाबले यस पटक नेपाल साफ् महिला च्याम्पियनसिप जितेर ईतिहास रच्ने अन्तिम बिन्दुमा थियो ।
तर दुर्भाग्यबस नेपालमाथि हावी हुँदै तीन एक गोल अन्तरले नेपाललाई पाखा लगाउदै बंगलादेशले पहिलो पटक उपाधी चुमेको छ ।
पहिलो हाफ्मै कमजोरी गर्दा दुई गोल व्यहोरेको नेपालले बंगलादेश बिरुद्ध ७० औँ मिनेटमा अनिता बस्नेतको गोलमा खेलमा फर्कने आशा जगाएको थियो ।
तर डिफेन्स लाईनमा फेरी कमजोरी गर्दा तेस्रो गोल बंगलादेशले गरेपछि नेपाली टिम निराश बनेको थियो ।
खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट भली गोल गरे ।
खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाईन् । कप्तान सबिना खातुनको चलाखीपूर्ण पासमा अनमार्क रहेकी सरकारले उत्कृष्ट गोल गरिन् ।
७० औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याईन । अमिषा कार्कीको पासमा अनिताले उत्कृष्ट गोल गरिन् ।
तर, खेलको ७७ औं मिनेटमा श्रीमोती सरकारले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३-१ को जित दिलाईन् ।
यो पराजयसँगै उपाधी जित्ने १२ वर्षदेखिको नेपालको प्रयासमा पुनः धक्का लागेको छ । यस अघि पाँच पटक उपाधी जितेर भारतले ईतिहास बनाईसकेको छ भने बंगलादेश यो पटक च्याम्पियन बनेको छ ।