साफ्को उपाधी जित्ने लक्ष्य सहित खेलिरहेको नेपाल फाईनलमा खराब प्रदर्शन गर्दै पहिलो हाफ्मा दुई शुन्य गोल अन्तरले पछि परेको छ ।
त्रिपुरेशवरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा बंगालदेशले अग्रता बनाएको हो। बंगलादेशका लागि साम्सुनाहर र श्रीमती केष्ण रानी सरकारले गोल गरे।
खेलको पहिलो मिनेटमा नै कृष्णदेवी सरकारले प्रहार गोलरक्षक एञ्जिला तुम्वापो सुब्बाले बचाईन्। खेलका सुरु भएको दुई मिनेटमा नै दिपा शाहीको प्रहार बंगलादेशकी गोलरक्षकले सहच बचाउ गरिन्।
खेलको १४ औँ मिनेटमा मोनिका चकमाको पासमा साम्सुनाहरले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाईन्। खेलको १० औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी थिइन्।
खेलको ३५ औँ मिनेटमा अनिता बस्नतेको फ्रिकीक पोष्टको नजिकबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो। विपक्षी खेलाडीले अनिता बस्नेतलाई लगाएपटि नेपालले फ्रिकीकको मौका पाएको थियो।
खेलको ४१ औँ मिनेटमा कृष्णरानी सरकारले गोल गर्दै अग्रता दोब्बर पारिन्।
खेलको पहिलो हाफमा नेपालले गोल गर्दै केही मौका पाएपनि बंगलादेशकी गोलरक्षकले राम्रो बचाउ गरेकी थिईन्।
पाँचौ पटक साफ च्यम्पियनसिपको फाइनलमा पुगेको नेपाल उपाधि घरमा नै राख्ने योजनामा छ।
यो उपाधी जित्ने हो भने नेपालले कम्तीमा दोस्रो हाफ्मा बंगलादेशसँग बराबरी गोल फर्काउनु पर्नेछ ।