दशरथ रंगशालामा महिला राष्ट्रिय फुटवल टोली नयाँ ईतिहार रच्ने तयारीमा

दशरथ रंगशालामा महिला राष्ट्रिय फुटवल टोली नयाँ ईतिहार रच्ने तयारीमा

  • सोमवार, अशोज ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

असोज ३ । १२ वर्षदेखि दक्षिण एशियाली फुटवल प्रतियोगीतामा सहभागी हुँदै आए पनि हाल सम्म उपाधी चुम्न नसकेको नेपाली महिला राष्ट्रिय फुटवल टोली यस पटक नयाँ इतिहास रच्ने तयारीमा छ ।

यस अघि चार पटक फाईनल पुगेर पनि भारतसँग पराजीत हुँदै उपाधी विहीन भएको नेपाल यस पटक भारतलाई सेमिफाईनलमै पाखा लगाएर अब उपाधीका लागि एक कदम अघि बढ्न मात्र बाँकी छ ।

मनोवैज्ञानिक रुपमा पनि भारतलाई पाखा लगाएको नेपाली टोली बंगलादेश बिरुद्ध बलियो महसुस गर्ने अवस्था छ । कारण बंगलादेशसँग अहिले सम्म खेलेका ८ खेलमा नेपाल अपराजीत छ । उसले ६ खेलमा जीत निकाल्दा २ खेलमा बराबरी खेलेको छ ।

ईतिहास नेपालको पक्षमा रहे पनि बंगलादेश यस पटक निकै उत्कृष्ट फर्ममा देखिन्छ । समुह चरण हुँदै सेमिmाईनल सम्म उसले खेलेका खेल र प्रदर्शनले बंगलादेशको टोली पनि उपाधीको बलियो दावेदार देखिन्छ ।

यस्तोमा नेपालले घरेलु मैदान र दर्शकको साथ पाँउदा पनि खेल नियन्त्रणमा राख्न सकेन भने तितो अनुभव नगर्ला भन्न सकिन्न । यसप्रति निकै सचेत देखिन्छन् अनुभवि प्रशिक्षक कुमार थापा यस पटक उपाधी उचालेरै ईतिहास बनाउने योजनामा छन् । त्यही अनुसार खेलाडीहरुको मनोवल उच्च बनाएर अघि बढिरहेका छन् । टिम फर्मेसन र निर्देशन पनि त्यही अनुसार दिएका छन् । जसले गर्दा नेपाली टोलीको रक्षा, मिडफिल्ड र आक्रमणमा सन्तुलन छ ।

अपरान्ह ५ बजे दशरथ रंगशालामा हजारौँ दर्शकका अघि नेपाली महिला टोलीले उपाधी उचाल्न सफल भए पुरुष फुटवल टोलीका लागि पनि शिक्षा हुनेछ । पुरुष फुटवल टोली पनि साफ्मा अहिले सम्म उपाधी उचाल्न सकेको छैन । एक पटक फाईनलमा पुगे पनि भारतसँग पराजीत हुँदै उपाधी विहीन भएको थियो ।

महिलाको तुलनामा पुरुष फुटवल गतिविधि धेरै छ । प्रशिक्षण र अन्तराष्ट्रिय खेलहरु पनि बढी छन् । यसका बाबजुद महिला टोलीले कम अवसर पाँउदा पनि उपाधी जित्नु समग्र फुटवलका लागि ठूलो उपलव्धि र शिक्षा हुनेछ ।
यो जिम्मेवारीलाई टोलीले राम्ररी आत्मसाथ गरेको देखिन्छ ।

आज साँझ ५ बजेपछि हुने खेलमा गोल मेसिनका रुपमा परिचित सावित्रा भण्डारीले पनि खेल्ने संभावना छ । यो नेपाली टोलीका लागि अर्को बलियो पक्ष हुनेछ । डेंगुका कारण उनले पछिल्ला खेलहरु गुमाएकी थिईन् । उनी अहिले श्वस्थ्य भईसकेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ