साफ् फाईनलमा बंगलादेशलाई हराएर उपाधी जित्न सक्षम छौँः कप्तान एन्जिला

साफ् फाईनलमा बंगलादेशलाई हराएर उपाधी जित्न सक्षम छौँः कप्तान एन्जिला

  • आइतवार, अशोज २, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, २ असोज । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग खेल्न टिम तयार रहेको बताएकी छिन् । फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा एन्जिलाले टिम पूर्ण तयार अवस्थामा रहेको र उपाधि जित्ने दाबी गरिन् ।

‘आगामी खेलको लयलाई कायम राख्न चाहन्छौं । बंगलादेश राम्रो टिम हो । हाम्रो तयारी पनि राम्रो छ । हामी फाइनल खेल्न पूर्ण रुपमा तयार छौं,’ पहिलो पटक नेपालको कप्तानी गरिरहेकी एन्जिताले भनिन् ।

प्रतियोगिताको फाइलन खेल भोलि ९सोमबार० त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुँदैछ । नेपाल पहिलो पटक फाइनलमा नयाँ प्रतिद्वन्द्धी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल अपराह्न ५ बजे हुनेछ ।

प्रतियोगितामा नेपालले तीन खेल खेल्दा कप्तान तथा गोलरक्षक एन्जिलाले तीन ‘क्लिन सिट’ राखेकी छिन् । नेपालले पहिलो खेलमा भुटानलाई ४(०, दोस्रो खेलमा श्रीलंकालाई ६(० र सेमिफाइनलमा भारतलाई १(० ले हराएको थियो । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको पहिलो पटक हो । समग्रमा भारतविरुद्ध दोस्रो जित थियो ।

कप्तान एन्जिालले बोलेरभन्दा पनि खेल जितेर घरेलु दर्शकमाँझ उपाधि जित्ने बताइन् । उनले जतिसक्दो कम गल्ती गर्दै उपाधि जित्नेमा विश्वास राखिन्, ‘बोल्नेभन्दा पनि खेलेर उपाधि जित्ने हो । हामी शारीरिक, प्राविधिक र मानसिक रुपमा तयारी छौं । जतिसक्दो कम गल्ती गर्दै उपाधि जित्नेमा सकारात्मक छौं,’ सन् २०१६ बाट नियमित टोलीमा रहेकी एन्जिलाले भनिन् ।

बंगलादेशविरुद्ध डेंगुका कारण उपलब्ध नभएका स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर मञ्जलीकुमारी योञ्जन समेत फर्कने सम्भावना छ ।

यता, टोलीका मुख्य प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन् । प्रशिक्षक थापाले घरेलु मैदानमा बंगलादेशलाई पराजित गर्दै आगाामी दुई संस्करण च्याम्पियन बन्न तयार भएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ