बधाईः नेपाली राष्ट्रिय महिला फुटवल टोली भारतलाई हराउदै फाईनल प्रवेश

बधाईः नेपाली राष्ट्रिय महिला फुटवल टोली भारतलाई हराउदै फाईनल प्रवेश

  • शुक्रबार, भदौ ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

भदौ ३१ काठमाण्डौँ । साफ् महिला च्याम्पियनसिपको ईतिहासमा उपाधीका लागि सँधै तगारो बन्दै आएको भारतलाई पाखा लगाउदै नेपाल यस पटक फाईनल प्रवेश गरेको छ ।

दशरथ रंगशालामा आज सम्पन्न दोस्रो सेमिफाईनलमा नेपालले भारतलाई एक शुन्य गोल अन्तरले पराजीत गर्यो । नेपालका लागि रस्मी घिसिंगले पहिलो हाफ्को अतिरिक्त समयमा गोल गरिन् ।

नेपालले गोलका थुप्रै अवसर पाए पनि सदुपयोग गर्न सकेन । नेपालको पोष्टमा भारतीय खेलाडीले गरेको प्रहार गोल रक्षक अञ्जलीले उत्कृष्ट बचाउ गरेकी थिईन् ।

नेपालले अब उपाधीका लागि बंगलादेशको सामना गर्नेछ । यस अघि भारत र नेपाल भन्दा कमजोर मानिएको बंगलादेश यस पटक उत्कृष्ट लयमा देखिएको छ । उसले आज पहिलो सेमिफाइनलमा भुटान बिरुद्ध आठ शुन्य गोल अन्तरले पराजीत गर्दै फाईनल प्रवेश गरेको छ । नेपाल यस अघि चार पटक फाईनल पुगेर पनि भारतसँग पराजय व्यहोर्दै उपाधी उचाल्न असफल हुँदै आएको थियो । बंगलादेश योसँगै दोस्रो पटक फाईनल पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ