भदौ २८ काठमाण्डौँ । महिला साफ् च्याम्पियनसिपको ईतिहासमा पहिलो पटक बंगलादेशले भारतलाई स्तव्ध पारेको छ ।
दशरथ रंगशालामा भएको समुह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई तीन शुन्यले स्तव्ध पार्यो । भारतले बंगलादेश बिरुद्ध गोल गर्न असफल रह्यो ।
बंगलादेशले पहिलो हाफ्मा दुई गोल गर्दा दोस्रो हाफ्मा एक गोल गर्यो । बंगलादेशका लागि जहान सोपनाले दुई तथा कप्तान सबिना खातुनले एक गोल गरेकी थिईन् ।
यो सँगै साफ् महिला च्याम्पियनसिपको सेमिफाईनल समिकरण पूरा भएको छ । अब बंगलादेशले भुटान र नेपालले भारतसँग शुक्रबार खेल्नेछ ।
यस अघि चार पटक फाईनलमा नेपाल भारतसँगै पराजीत हुँदा उपाधी हात पार्न सकेको थिएन ।
यस पटक सेमिफाईनलमै भारतसँग प्रतिस्पर्धा निश्चित भएकाले यो खेल जित्न सके नेपालले उपाधीका लागि बंगलादेश र भुटान मध्य एकसँग खेल्नु पर्नेछ ।
यसैबीच आजै भएको समुह चरणको अन्तिम खेलमा पाकिस्तानले श्रीलंका बिरुद्ध ६ शुन्यको जीत निकालेको छ । पुरै खेलभरी हावी भएको पाकिस्तानले अन्तिम खेलमा जिते पनि यस अघिका खेलहरु गुमाएकाले उ सेमिफाईनल पुग्न भने सकेन ।