२७ भदौ, काठमाडौं । काठमाडौंमा भइरहेको साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे दशरथ रंगशालमा हुनेछ ।
आजको खेलमा जीत सहित नेपाल समुहको शर्षि स्थानमा रहने दाउमा छ ।
नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो ।
दुई खेल खेलिसकेको भुटान भने एक जित र एक हारको नतिजापछि समूह बी बाट यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । भुटानले श्रीलंकालाई ५–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।
नेपालले यस पटक उपाधी जीत्ने लक्ष्य राखेको छ । यस पटक नेपालको तगारो भारत मात्रै नभएर बंगलादेश पनि देखिन्छ ।
बंगलादेशले पनि समुह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधी दावेदारको रुपमा प्रस्तुत गरेको छ ।
भारत यस अघि सबै प्रतियोगीताको उपाधी विजेता रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline