२५ भदौ, काठमाडौं । बहराइनमा आजदेखि एएफसी यू- २० एसियन कप छनोटका खेल हुँदै छन् ।
आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८ः४५ बजे सुरु हुनेछ ।
नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।
यस अघि साफ् च्याम्पियनसिपमा सहभागी टोली नै यस पटक पनि तयार भएको छ । साफमा नेपालले माल्दिभ्स र श्रीलकामाथि जीत निकाल्नुका बाबदुद भारतसँग ८ शुन्यको फराकीलो पराजयले फाईनलमा स्थान बनाउन सकेको थिएन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline