भदौ २० काठमाण्डौँ । केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ।
आज नैरोवीस्थित जिमखाना क्रिकेट स्टेडियममा भएको अन्तिम एकदिवसीय खेलमा घरेलु केन्यालाई ६ विकेटले पराजित गरेर नेपालले सिरिज तीन शुन्यले क्लिन स्विप गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेर केन्याले ९ विकेट गुमाउँदै नेपाललाई २५५ रन बनाएको थियो ।
त्यसपछि २५६ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७ ओभर बलमा ४ विकेट गुमाउँदै २५८ रन बनायो।
नेपाललाई सिरिज क्लिन स्विप गराउने क्रममा अर्जुन साउदले ५८, आसिफ शेखले ५६ र वसिर अहमदले ५२ रनको योगदान दिए ।
अन्तिम क्रमका कप्तान रोहित पौडेलले ४६ बलमा ४६ रनको पारी खेले। त्यस्तै ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट भए।
घरेलु भूमिमा दुवै सिरिज गुमाएको केन्याका लागि मध्य स्कोर खडा गर्ने क्रममा कोलिन्स अबुयाले ८४ रन बनाए ।
त्यसैगरी लुकास एनडानडासनको नाममा अविजित ५९ रन रह्यो। अर्कातिर सुखदीप सिंहले ३७ रन इम्यानुएल बुन्डीले २३ रन जोडे। केन्याका कप्तान शेम एनगोचे १७ रनमै पेभेलियन फर्किए ।
यस अघि नेपालले टी ट्वेन्टी श्रृखला पनि जितेको थियो ।