रोमाञ्चक खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हरायो

रोमाञ्चक खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हरायो

  • सोमवार, भदौ २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

भदौ २० एजेन्सी । पाकिस्तानले एसिया कपको सुपर–४ मा भारतलाई पाँच विकेटले पराजित गरेको छ। जितका लागि १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाएर प्राप्त गरेको थियो । लिग चरणमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।

अर्शदीप सिंहको अन्तिम ओभरमा जितका लागि पाकिस्तानलाई सात रन चाहिएको थियो । इफतिखर अहमदले विजयी रन बटुले र दुई रन बनाएर नटआउट रहे । अर्का नटआउट ब्याट्सम्यान खुशदील शाहले ११ बलमा १४ रन बनाए । पाकिस्तानका लागि मोहम्मद रिजवान सर्वाधिक ७१ रन बनाए । उनी ५१ बलको सामना गरेर हार्दिक पान्ड्याको बलमा आउट भए । उनले दुई छक्का र ६ चौका प्रहार गरे ।

खराब लयबाट गुज्रिरहेका पाकिस्तानी कप्तान बाबर आजम १० बलमा १४ रन मात्र बनाउन सके । उनी रवि बिस्नोइको शिकार बने । फकर जमानले पनि १८ बलमा १५ रन मात्र बनाउन सके । मोहम्मद नवाजले भने २० बलमा ४२ रन बनाए । उनले ६ चौका र दुई छक्का प्रहार गरे । चौथो विकेटका लागि नवाजले रिजवानसँग ७३ रनको साझेदारी गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पूर्वकप्तान विराट कोहलीको अर्धशतकको मद्दतले सात विकेटमा १ सय ८१ रन बनाएको थियो । कोहलीले ४४ बलमा ६० रन बनाए ।

भारतलाई प्रारम्भिक ब्याटर जोडी केएल राहुल र कप्तान रोहित शर्माले आक्रामक सुरुआत दिलाए ।

इनिङ्सको बीचमा पाकिस्तानी बलरले भारतलाई केही दबाबमा राख्न सफल रहे । हार्दिक पान्ड्या शून्यमै आउट भए । अन्त्यतिर दीपक हुडाले भारतका लागि १४ बलमा १६ रन थपे । यस्तै रवि बिस्नोइले दुई बलमा आठ रन जोडे ।

सुपर ४ अन्तर्गत शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । भारतले अब मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ