काठमाडौं भदौ १९ । नेपालले एक खेल अगावै केन्याविद्धको दिवसीय शृंखला जितेक छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको खेलमा केन्यालाई १७ रनले हराउँदै नेपालले शृंखला जितेको हो।
टस जितेर ब्याटिङ गरेको नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको केन्याले ४६.३ ओभरमा अलआउट हुँदै २ सय १३ रनमात्र बनाएपछि नेपालको जीत संभव भयो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ७८ रन बनाए। त्यस्तै देव खनाल ३७ रनमा आउट हुँदा सोमपाल कामीले २६ रन बनाए। त्यस्तै ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४ र अर्जुन साउदले ५ रन बनाए।
यस अघि नेपालले केन्या बिरुद्ध टी ट्वेन्टी सिरिज पनि जितेको थियो । दुई एक दिवसीय जितेको नेपालले अन्तिम खेल खेल्न बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline