केन्या बिरुद्ध पहिलो एक दिवसीयमा नेपालको शानदार जीत, आशिफ शेखको सतक

केन्या बिरुद्ध पहिलो एक दिवसीयमा नेपालको शानदार जीत, आशिफ शेखको सतक

  • शुक्रबार, भदौ १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

भदौ १७ काठमाण्डौँ । नेपालले एक दिवसीय क्रिकेटको पहिलो खेलमा केन्या बिरुद्ध शानदार जीत निकालेको छ । आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकालेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले ११० रनको शतकीय पारी खेले । १२० बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यसतै अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले । ९७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । नेपालका लागि ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन र रोहित कुमार पौड्यलले ३ रन जोडे । केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले एकरएक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २१८ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय पारी खेले । पटेलले ६७ रन बनाउँदा ओबुयाले ६२ रनको योगदान गरे । त्यस्तै ईफ्रान करिमले ३१ बनाए । नेपालका लागि सोमपाल कामी र करण केसीले समान तीनरतीन विकेट लिए । त्यस्तै आदिल आलम र पवन सर्राफले समान एक एक विकेट लिए । जितसँगै नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । नेपालले केन्यासँग भोलि शनिबार दोस्रो खेल खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ